नेपालमा थप २५० जनामा काेराेना पुष्टि, संक्रमितकाे कुल संख्या ४,६१४ पुग्याे

काठमाडौं ,२९ जेठ।

नेपालमा बिहीबार थप २ सय ५० जनामा  कोरोना भाइरसको संक्रमण भएको छ । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार बिहीबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ६ सय १४ पुगेको छ ।

सुनसरीका ३ जना, झापाका ३ जना,सप्तरीका ९ जना , सर्लाहीका २ जना, रौतहटहका १८, महोत्तरीका ४ जना, कपिलवस्तुका २ जना, प्यूठानका ४ जना, रुपन्देहीका २९ ,रोल्पाका १४ जना, बाँकेका १३ जना, बाराका ७ जना, धादिङका ७ जना , दाङका ८ जना, दैलेखका ४८ जना, सुर्खेतका ७ जना, कैलालीका ७ जना, बाजुराका १८ जना, बझाङका २ जना, नवलपरासी पश्चिमका ६ जना, रौतहटका ३९ जनामा काेराेना संक्रमण पुष्टि भएको छ ।

यस्तै, आज १८७ जना निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको संख्या ८ सय ६१ पुगेको छ । मन्त्रालयका अनुसार मुलुकभर १ लाख १५ हजार ९ सय ३० जनाको पीसीआर र आरडीटीबाट १ लाख ७८ हजार १ सय ४३ जनाको परीक्षण भएको छ ।

प्रतिक्रिया दिनुहोस