नेपालमा थप एक जनामा मृत्यु पछि काेराेना संक्रमण पुष्टि

अर्घाखाँची, २९ जेठ ।

नेपालमा थप एक जनामा मृत्यु पछि काेराेना संक्रमण पुष्टि भएकाे छ ।  अर्घाखाँचीको मालारानी गाउँपालिकाको क्वारेन्टिनमा बिरामी परेका र पछि मृत्यु भएका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हाे ।

मालारानी गाउँपालिका ४ ब्याडापाटाको सार्वजनिक आधारभूत विद्यालयको क्वारेन्टिनमा  बिरामी परेका र बुटवलमा उपचार गराएर फर्किँदा बाटोमा मृत्यु भएका  कोरोना संक्रमण भएको जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीका सूचना अधिकारी विजय बरालले जानकारी दिए ।उनको जेठ २३ गते नै स्वाब संकलन गरी परीक्षणका लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा पठाइएको थियो ।

स्वासप्रस्वासको समस्या भएपछि उनलाई बुधबार उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्कमा लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल लगिएको थियो । बुटवलमा उपचारपछि घर फर्किने क्रममा उनको मृत्यु भएको थियो ।मृतक पुरुष गत जेठ १५ गते भारतबाट आएका थिए।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने उनको मृत्यु कोरोना संक्रमणबाट भए  नभएको खुलाएको छैन ।

प्रतिक्रिया दिनुहोस