काेभिड-१९ पुर्व तयारीका लागि स्थानिय तहमा सहयाेगी कार्यदल गठन

कैलाली , ३० जेठ ।

काेभिड-१९ राेकथाम तथा नियन्त्रण पुर्व तयारीका लागि कार्यदल गठन भएकाे छ । रेडक्रस र  युनिसेफ नेपालकाे संयुत्त आयाेजनामा RCCE/DRR/WHSH/child protection कार्यक्रम अन्तर्गत पहिलाे पटक धनगढी उपमहानगरपालिका-१२ जुगेडा सि गाँउ शिद्धार्थनगरमा पाँच सदस्य सहितकाे कार्यदल गठन भएकाे हाे ।

स्थानिय जिवन रेग्मीकाे संयाेजकत्वमा सदस्यहरुमा शिबराज जाेशी, मुकेश चाैलागाई, राजु भण्डारी र बविता बाेहरा सहितकाे कार्यदल गठन भएकाे छ ।  कार्यदलले वडामा रहेर बिदेशबाट स्वदेश भित्रिएका, असाय, अपाङ्ग, गरिब परिवारकाे तथ्याङ्क संकल्न गर्ने र बिपत्त ब्यवस्थापनमा उल्लेखनिय भुमिका निर्वाह समेत गर्ने रेडक्रस १ नं सभापति धर्मराज जाेशीले बताए ।

उत्त कार्यक्रम जिल्लाका बिभिन्न स्थानिय तहमा हुने भएकाे छ ।धनगढी उपमहानगरपालिका-१२ मा ६ वटा कार्यदल गठन गरिने युनिसेफ नेपालका प्रतिनिधी रहनुभएका अशाेक जाेशीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस