नेपालमा थप ४४८ जनामा काेराेना पुष्टि, संक्रमितकाे कुल संख्या ५,०६२ पुग्याे

काठमाण्डाैँ, ३० जेठ ।

नेपालमा पछिल्ले २४ घण्टामा थप ४ सय ४८ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ४ सय जना ४८ संक्रमित थपिएका हुन् । नेपालमा संक्रमितको कुल संख्या ५ हजार ६२ पुगेको छ । संक्रमितमा ४ सय २४ पुरुष र २४ महिला छन् ।

मन्त्रालयका अनुसार मोरङका ३ जना, झापाका १३ जना , इलामका १ जना,  सुनसरीका १० जना,सप्तरीका १७ जना, उदयपुरका ३ जना, सिरहाका ११ जना, पवर्तका १३ जना, स्याङजाका २२ जना, नवलपरासी पूर्वका १, तनहुँका १ जना,चितवनका ८ जना, महोत्तरीका १० जना, चितवनका ८ जना ,बर्दियाका १५ जना , बाँकेका १ जना, नवलपरासी पूर्वका ४ जना,  धादिङका २८ जना, धनुषाका १४ जना, महोत्तरीका ६ जना, कपिलवस्तुका ४ जना, सर्लाहीका ४ जना, दाङमा ८ जना, दैलेखका ३८ जना, सुर्खेतका ४५ जना, अघार्खाँचीका २ जना, गुल्मीका १, पाल्पाका १ जना, प्युठानका २, रुपन्देही १६ जना, नवलपरासी पश्चिमका २ जनामा, बाराका १ जना, धादिङका १, धनुषाका १ जना, नुवाकोटका १, रौतहटका ८६ जना, काठमाडौंका १ जना, सर्लाहीका ५३ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

 

प्रतिक्रिया दिनुहोस