धादिङमा थप २७ जनामा देखियाे काेराेना

धादिङ, ३० जेठ ।

धादिङको ज्वालामुखी गाउँपालिकामा धादिङ कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये दुई जना महिला र २५ जना पुरुष रहेको गाउँपालिकाले जनाएको छ ।

१६ दिनअघि भारतबाट आएका ६८ जना क्वारेन्टिनमा रहेकाहरूमध्ये २७ जनामा कोरोना संक्रमण पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य संयोजक सुजन श्रेष्ठले जानकारी दिए । योसँगै धादिङमा कुल संक्रमितको संख्या ५९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस