नेपालमा थप २७३ जनामा काेराेना पुष्टि, संक्रमितकाे कुल संख्या ५,३३५ पुग्याे

काठमाण्डौं, ३१ जेठ ।

नेपालमा थप २ सय ७३ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा २ सय ७३ जना संक्रमित थपिएका हुन् ।

संक्रमितमा २ सय ४७ पुरुष र ३६ महिला छन् । योसंगै नेपालमा संक्रमितको कुल संख्या ५ हजार ३ सय ३५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा झापाका ५ जना, मोरङका ४, पवर्तका ४ जना, नवलपरासी पश्चिमका १ जना, महोत्तरीका १, सर्लाहीका २ जनारौतहटका ४४ जना, पर्साका ६ जना, बाराका १ जना, दैलेखका ३० जना, सुर्खेतका ४० जना , कपिलवस्तुका ५ जना, दाङका २ जना, बाँकेका १८ जना, रोल्पाका १७ जना, बर्दियाका ६ जना, गुल्मीका २ जना, कपिलवस्तुका २० जना, रुपेन्दहीका ५ जना, रौतहटका ४८ जना, सर्लाहीका ११ जनामा काेराेना संक्रमणकाे पुष्टि भएकाे छ।

प्रतिक्रिया दिनुहोस