दाङमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु

दाङ, ०१ असार ।

दाङमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काका अनुसार बबई गाउँपालिका वडा नं.६ निवासी ३७ बर्षीय मोटरसाईकल चालक खिमबहादुर वलीको मृत्यु भएको हो ।

तुलसीपुरबाट घोराही तर्फ जाँदै गरेको रा ३ प ४७९८ नम्बरको मोटरसाईकल आईतबार राति साढे ८ बजेतिर घोराही उपमहानगरपालिका वडा नं. ११ बुकालीडाँडामा दुर्घटना भएकाे हाे ।मोटरसाईकलले पैदलयात्री सोही ठाउँका १८ बर्षीय कमल योगीलाई ठक्कर दिएपछि याेगी गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका दुबै जनालाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको हो । माेटरसाईकलले पाैदल यात्रुलाई ठक्कर दिएपछि दुर्घटना भएकाे जिल्ला प्रहरी कार्यालय दाङले जनाएकाे  छ ।

प्रतिक्रिया दिनुहोस