क्वरेन्टीनमा अन्तरजातिय विवाह सम्पन्न दुबैकाे पिसिआर रिपाेर्ट नेगेटिभ

दाङ, ०२ असार ।

दाङमा आइतबार क्वरेन्टीनमा एक जाेडीले अन्तरजातीय विवाह गरेका छन् ।घोराही उपमहानगरपालिका –१८ मा रहेको बेलघारी क्वरेन्टीनमा बसेका २३ वर्षीय समीर वली र  २१ वर्षीया सीता चौधरीको विवाह सम्पन्न भएको थियो ।

वडाध्यक्ष भरत अर्यालको उपस्थितिमा राेहवरमा बिवाह सम्पन्न भएकाे थियाे । उनीहरु दुबैजना भारतको दिल्लीबाट घर फर्केर क्वरेन्टीनमा बसेका थिए। उनीहरु बिगत केही समय देखि माया प्रेममा रहेकाे र उनीहरुकै आग्रहमा विवाह गरि दिएको वडाध्यक्ष अर्यालले बताए ।

विवाह गरेको एक दिन पछि असार १ गते सोमबार उनिहरुसंगै झण्डै २४ दिन क्वरेन्टीनमा बसेकारुको रिपोर्ट आएको छ । क्वरेन्टीनमा उनीहरु सँगै बसेका अन्य ४ जनाको रिपोर्ट पोजिटिभ आए पनि नवविवाहित जोडीको रिपोर्ट भने नेगेटिभ आएको छ ।

 

प्रतिक्रिया दिनुहोस