दाङका दुबै कारागार सुरक्षाको जिम्मा नेपाली सेनालाई

दाङ, ०२ जेठ ।

दाङमा रहेका दुई कारागार सुरक्षाको जिम्मा नेपाली सेनाले लिएको छ । तुलसीपुर र घाेराही स्थित रहेकाे कारागारमा अब नेपाली सेनाले सुरक्षा दिने भएकाे छ ।

घोराही कारागारमा क्याप्टेन दिपक बुढाथोकी र तुलसीपुर कारागारमा मेजर निमेश पन्थीको कमाण्डमा ४०-४० जनाको टोली खटिएको रिपूमर्दन गणले जनाएको छ ।   यसअघि सशस्त्र प्रहरी र नेपाल प्रहरी कारागारको सुरक्षार्थ खटिँदै आएका थिए ।

नेपाल भारत सिमा नाकामा जनशक्ति अपुग हुदा कारागारको जिम्मा नेपाली सेनालाई दिएर शसस्त्र प्रहरीलाई नाका क्षेत्रमा खटाएको नको भनाई छ । सशस्त्र प्रहरीलाई सीमा सुरक्षाको लागि खटाउनु पर्ने भएपछि जनशक्ति अभाव भएको हुँदा नेपाली सेनालाई कारागार सुरक्षार्थ खटाइएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए।

लकडाउनको अवधिमा सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा पठाउने सरकारी नीति अनुरूप जनशक्ति अभाव भएपछि सेना कारागारको सुरक्षामा खटिएको हो ।

 

 

प्रतिक्रिया दिनुहोस