काठमाण्डौं, २ असार ।
नेपालमा थप ३ सय ८० जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा संक्रमित थपिएका हुन् ।
मन्त्रालयका अनुसार पाँचथरका १ जना,झापाका १ जना ,सुनसरीका २ जना, सिरहाका २ जना, रौतहटका १७, महोत्तरीका १७ जना ,गोरखाका १० जना, नवलपरासी पूर्वका ३ जना, बागलुङका १ जना, तनहुँका २, कास्कीका ३ जना, स्याङजाका ४ जना,अछामका १ जना, बैतडीका २१ जना, डोटीका २० जना, कञ्चनपुरका ११ जना, कैलालीका २३ जना, बाँकेका १, बर्दियाका ९ जना,सप्तरीका ३ जना, रुपन्देहीका ४ सल्यानका १ जना, दाङका ५६ जना , रामेछापका १ जना,दैलखेका ५ जना, सुर्खेतका ४ जना,अर्घाखाँचीका ९ जना, काठमाडौंका १ जना, महोत्तरीका ७२, मोरङका १, रोल्पाका १ जना, रुपन्देहीका ३ जना, सर्लाहीका १६ जना, धनुषाका ४२ जना र रामेछापका १ जना गरी ३ सय ८० जनामा काेराेना भाईरसकाे संक्रमण पुष्टि भएकाे छ ।
योसंगै नेपालमा ६०९२ पुरुष र ४९९ महिला गरी संक्रमितको कुल संख्या ६ हजार ५ सय ९१ पुगेको छ ।