सर्वसाधारणमा ईलाका प्रहरी कार्यालय तुलसीपुरको अनुरोध

कोरोना सक्रमणबाट सुरक्षित रहन अनिवार्य मास्क प्रयोग गरौ ।
सामाजिक दुरी कायम गरी लकडाउनको पुर्ण रुपमा पालना गरी आफ्नो दैनिक क्रियाकलाप संचालन गरौँ ।
 गुण्डा गर्दी नियन्त्रण गर्न सामुहिक रुपमा एक भई प्रहरीलाई सहयोग गरौँ ।
 तपाईहरुको वरिपरी गुण्डागर्दी लगाएतका अन्य अपराध भएको थाहाँ पाए प्रहरीलाई तुरुन्त सुचना दिउँ ।
 अभिभावकहरुले आफ्नो छोरा छोरीहरुलाई सुसंस्कार दिऊ र गलत संगत हुन नदिई सभ्य परिवारको निर्माण गरौँ ।
 लागु औषध बिष हो यसको सेवन , प्रयोग जिवनको अन्त्य हो ।
 ईलाका प्रहरी कार्यालय तुलसीपुर दाङले लागु औषध सेवन विरुद्धको अभियान शुरुवात गरेको हुँदा सम्पुर्ण नागरीकहरुले प्रहरीलाई           
सहयोग गरौ ।
 यदी कुनै ब्यक्तिले लागु पदार्थ सेवन गरेको बिक्री बितरण , ओसार पसार गरेको थाहा पाएमा प्रहरीलाई तुरुन्त सुचना दिऊ ।
 तपाईको गाउँ टोलमा कुनै नयाँ ब्यक्ती संकास्पद रुपमा फेला परेमा एकिन गरी तुरुन्त प्रहरीलाई खबर गरौ ।
चोरी ,लुटपाट हुन नदिन बहुमुल्य समानहरु सुरक्षित ठाउँमा राखि घरबाट भित्र बाहिर जाँदा झ्याल ढोका बन्द गरेर मात्र घर बाहिर निस्कौ ।
बहुमुल्य गर गहना लगाएर नगद पैसा साथमा लिएर एकान्त ठाउँ र भिडभाड हुने स्थानमा जाँदा बिशेष सावधानी अपनाऊ ।
 घर बाहिर जाँदा आफ्नो बिश्वासिलो ब्यक्तिलाई घरको रेख देख गर्दिने जानकारी गराएर मात्र जाऊ ।
संकास्पद अपरिचित व्यक्ति देखेमा शंका लागेमा प्रहरीलाई सुचना दिऊ ।
प्रहरीलाई सुचना दिने ब्यक्तिको परिचय गोप्य रहने जानकारी गराउदछौ ।

 तपाईको छोराछोरी कतै लागु औषधको कुलतमा त फसेका छैनन्
*यदी स्वभाव र बोल्ने शैलीमा अचानक परिवर्तन आउनु ,
*झगडा गरेर आवश्यकताभन्दा बढी पैसा माग्नु र खर्च गर्नु,
*कक्षामा नियमित नहुनु तथा पढाइको स्तर घट्दै जानु,
*घरबाट नगद तथा बहुमूल्य सामान हराउनु,
*शारीरिक रुपमा कुपोषण भए जस्तो कमजोर देखिनु,
*शरीरमा काटिएको, रगत, निलाडाम र चोट पटक देखिनु
*लगाएको कपडाबाट बेग्लै किसिमको गन्ध आउनु,
*खल्तीमा, कोठामा चुरोट, लाइटर, सलाई, मैनबती चम्चा झिलझिले कागज आदि भेटिनु,
*एक्लोपना रुचाउनु तथा बोली-चाली कम गर्नु,
*अचानक निर्णय परिवर्तन गर्नु तथा तुरुन्त आवेगमा आउनु,
*खानामा रुचि नहुनु, मुटुको चाल घटबढ हुनु,
*धेरै जसो घरबाहिर बस्न खोज्नु, ढिलो घर आउनु,
*आँखा रातो हुनु, आँखाबाट आसु आइरहनु, बोली लरबरिनु,
*आखा जुधाएर वा सिधा भएर कुरा गर्न नसक्नु,
*सुत्ने र उठ्ने समयमा अचानक परिवर्तन आउनु, राति उठ्नु र बिहान अबेरसम्म सुत्नु, आदि
यस्ता किसिमका लक्षण देखा परेमा लागु औषधको कुलतमा फसेको हुन सक्छ बेलैमा सचेत होऊ ।

तपाईको घर वरिपरी टोल टोलमा २४ घण्टा नेपाल प्रहरी खटिएको छ ।

ईलाका प्रहरी कार्यालय तुलसीपुर दाङ

 

प्रतिक्रिया दिनुहोस