दाङमा नेपाली सेनामा कार्यरत्त एक पुरुषमा कोरोना पुष्टि

दाङ, 0२ असार ।

दाङमा एक जना नेपाली सेनामा कोरोना पोजेटिभ देखिएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा भएको परिक्षणमा घोराही भरतपुर स्थित रिपुमर्दन गणमा कार्यरत ३२ बर्षीय नेपालि सेनामा कार्यरत्त एक पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

उनलाई कोरोना विशेष अस्पताल बेलझुण्डीको आइसोलेशनमा लगिएको छ । कोरोनाका कारण मृत्यु भएका घोराहीका एक व्यक्तिको शव व्यवस्थापनका क्रममा उनलाई कोरोना संक्रमण भएको आशंका गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस