कैलालीमा थप एक जना काेराेना संक्रमितकाे मृत्यु

कैलाली, ०३ असार ।

कैलालीमा थप एक जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ ।  कैलालीको गोदावरी नगरपालिका वडा नम्वर ४ का ४६ बर्षीय संक्रमित पुरूषको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको छ। उनीमा शनिवार काेराेना पुष्टि भएकाे थियाे ।

स्वास्थ्य अवस्था बिग्रिएपछि सेती प्रादेशिक अस्पतालले आईसियूमा राखेर उपचार गरीरहेकोका उनको बुधवार साझ मृत्यु भएको स्राेतले जनाएकाे छ ।

उनको हिजो रातिदेखि स्वास्थ्य अवस्था बिग्रिएको थियो। हिजोदेखि नै उपचारका लागि काठमाडौँ लैजान एयर एम्बुलेन्सका लागि पहल भएपनि एयर एम्बुलेन्स पाईएको थिएन्।  यसअघि उनको नवजिवन अस्पतालको आइसोलेसनमा उपचार हुँदा कोरोना पुष्टि भएको थियो।

प्रतिक्रिया दिनुहोस