कञ्चनपुरमा खैरो हिरोइन सहित दुई जना पक्राउ

कञ्चनपुर, ०४ असार ।

कञ्चनपुरको बेलौरीबाट सशस्त्र प्रहरीले दुई जनालाई खैरो हिरोइनसहित बुधबार पक्राउ गरेको छ। पक्राउ पर्नेमा कञ्चनपुर बेलौरी नगरपालिका–१० बस्ने २५ वर्षीय रामु खाँण ठकुरी र बेलडाँडी गाउँपालिका–३ का २३ वर्षीय आशिष उपाध्याय रहेका छन । उनीहरुबाट ०.६१ ग्राम खैरो हिरोइन बरामत गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक गङ्गा पन्तले जानकारी दिएकी छन्।

उनका अनुसार दुवै जनालाई म २ प ९६१८ नम्बरको मोटरसाइकलमा जाँदै गरेका बेला बेलौरी नगरपालिका–८ स्थित नेपाल भारत सीमास्तम्भ नम्बर ३८ नजिकबाट नियन्त्रणमा लिइएको हो।

पक्राउ परेका दुवै जनालाई बरामद गरिएको हिरोइन र मोटरसाइकलसहित इलाका प्रहरी कार्यालय बेलौरीमा बुझाइएको छ।पक्राउ परेका दुवैलाई हिरासतमा राखेर सोधपुछ र अनुसन्धानको कार्य भइरहेको इप्रकाका प्रहरी निरीक्षक रणबहादुर चन्दले बताए।

प्रतिक्रिया दिनुहोस