तुलसीपुर बजार दिउसाे १२ बजे सम्म मात्र खुल्ने

तुलसीपुर,०४ असार ।

तुलसीपुर बजार शुक्रबार देखि १२ बजेपछि बन्द हुने भएको छ । तुलसीपुर उपमहानगरपालिकाको विहीबार बसेको बैठकले यस्तो निर्णय गरेको विपद व्यबस्थापन समितिका संयोजक नवराज लामिछानेले जानकारी दिए । असार १  गते देखि लकडाउन खुकुलो हुदाँ सबै पसलहरु खुल्दै आएका थिए । तुलसीपुरमा तत्कालका लागि कोरोना पोजेटिभको संख्या न्युन भएपनि चुनौति धेरै भएकाले यस्तो निर्णय गरिएको नगरप्रमुख घनश्याम पाण्डेले बताए  ।

बैठकले उपमहानगरपालिका भित्र कोरोना संक्रमणका कारण मृत्यु भएका त्यसको व्यवस्थापनको लागि तीन वटा ठाउँलाई संभावित क्षेत्रको रुपम अगाडी बढाएको छ । गैराखाली सामुदायिक बन, बबईको घाट नजिकै र तुलसीपुर १२ मा कोरोना संक्रमणबाट मृत्यु भएकाहरुलाई व्यबस्थापन गर्ने भनि सम्भाबित ठाउँलाई तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस