बाजुरा क्वारेन्टाइनमा आत्महत्या गरेका पुरुषमा कोरोना पुष्टि

बाजुरा, ०५ जेठ ।

बाजुरामा क्वारेन्टाइनमा आत्महत्या गरेका पुरुषमा कोरोना पुष्टि भएको छ । जिल्लाको बडिमालिका नगरपालिका २ भौनेरामा रहेको सत्यवादी माध्यामिक विद्यालयको क्वारेन्टानमा आत्महत्या गरेका पुरुषमा कोरोना पुष्टि भएको हो ।

बुधवार आएको रिपोर्टमा उनमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्तले बताए । भारतबाट आएका बडिमालिका नगरपालिका २ माझिगाउँका ४५ बर्षिय पुरुषले जेठ ३० गते बेलुका क्वारेन्टिनमा आत्महत्या गरेका थिए । उनी जेठ २८ गते मात्र भारतबाट आएर क्वारेन्टिनमा बसेका थिए ।

प्रतिक्रिया दिनुहोस