कैलालीमा १२ बर्षीया एक बालिका बलात्कृत , दुई जना पक्राउ

कैलाली, ०५ असार ।

कैलालीमा १२ बर्षीया एक बालिका बलत्कारको शिकार बनेकी छन् । जिल्लाको गौरीगंगा नगरपालिकाकी १२ बर्षिय बालिका बलत्कारको शिकार बनेकी हुन् ।

प्रहरी बलात्कारको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पीडित वालिकाको वयान अनुसार गौरीगंगा नगरपालीका वडा नम्बर ४ बस्ने बर्ष १९ का नविन साउँद र सोही ठाउँका बर्ष २० का चन्द्र साउँदलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

घटनाका बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस