घोडाघोडी नगरपालिकाबाट जुवा खेलिरहेकाे अवस्थामा ७ जना प्रक्राउ

कैलाली, ०५ असार ।

कैलालीकाे घोडाघोडी नगरपालिकाबाट जुवा खेलिरहेकाे अवस्थामा प्रहरीले ७ जनालाई प्रक्राउ गरेकाे छ । बिहिवार घोडाघोडी नगरपालिका वडा नं.०१ सुखड स्थित करन थापाको घरको कोठमा तास खेली रहेको भन्ने गोप्य सुचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी अनुसन्धान समुह (RIT) र ईलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरी टोलीले जुवा खेली रहेको अवस्थामा नगद रु. ८,९३,०५०।– , ७ थान मोबाईल र तास सहित ७ जनालाई पक्राउ गरेकाे हाे ।

पक्राउ पर्नेमा जिल्ला कै.घोडाघोडी न.पा.१ बस्ने बर्ष ३२ को अक्कल ब.शाही, ऐ.ऐ. वस्ने बर्ष ३२ को दिपेश ऐर, ऐ. लम्की चुहा नगरपालीका वडा नं. ४ वस्ने वर्ष ४० विक्रम वुढा, धनगढी उप-महानगरपालीका वडा नं. ३ वस्ने वर्ष ३८ को तुलाराम भन्ने तिलक अधिकारी,टिकापुर नगरपालीका वडा नं. १ वस्ने वर्ष ४० को मोहन जैशी, लम्की चुहा नगरपालीका वडा नं. १ वस्ने वर्ष ३० को कमल चौधरी , बैतडी पुरचुडी नगरपालिका वडा नं. ८ बस्ने बर्ष ५० को कैलास सिह धामी रहेकाे जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएकाे छ । 

उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान कार्य भैरहेको प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस