गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना पुष्टि

पाेखरा, ५ असार ।

गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकाे छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनलायका अनुसार बाग्लुङमा १४, नवलपरासी पूर्वमा २, कास्की ६ र स्याङ्जामा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माका अनुसार बाग्लुङको गल्कोट नगरपालिकामा ८ जना र कोठेखोला गाउँपालिकामा ६ जनामा कोरोना पुष्टि भएको छ । गल्कोटमा ३५, ३८, ३०, २२, १९ र ४५ वर्षका पुरुष तथा ४२ र २० वर्षका महिलामा कोरोना पुष्टि भएकाे छ ।

पोखरा महानगरपालिकाका पनि ५ जनामा काेराेना पुष्टि भएकाे छ ।  पोखरा महानगरमा १९ वर्षीय २ जना र ४१ वर्षीय एकजना पुरुष छन् । त्यस्तै, ३० र ५६ वर्षीया २ जनामा महिलामा समेत काेराेना पुष्टि भएकाे छ । कास्कीकै रुपा गाउँपालिकाका एकजना पुरुषमा काेराेना पुष्टि भएकाे छ ।

निर्देशनालयका अनुसार पूर्वी नवलपरासीको विनयत्रिवेणी गाउँपालिकामा २८ र २० वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै स्याङ्जामा कालीगण्डकी गाउँपालिका ३६ वर्षीय पुरुष र ठेगाना खुल्न नसकेको अर्का ६३ वर्षीय वृद्धमा काेराेना पुष्टि भएकाे छ ।

उनीहरु सबैजना भारतबाट फर्किएका हुन् । सबैजना सम्बन्धित पालिकाको क्वारेन्टाइनमा रहेको र सबैलाई सम्बन्धित जिल्लाहरुमा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भैरहेको निर्देशनालयले. जनाएको छ ।

याेसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या ३४८ पुगेको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस