नेपाली बजारमा सुनको मुल्य हालसम्मकै बढि, प्रति ताेला ९१ हजार पुग्याे

काठमाण्डौं,८ असार ।

नेपाली बजारमा सुनको भाउ ९१ हजार रुपैयाँ पुगेको छ । सोमबारका लागि निर्धारण गरिएको सुनको भाउ हालसम्मकै सबैभन्दा धेरै भएको भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघले सोमबारका लागि छापावाल सुनको प्रतितोला मूल्य ९१ हजार र तेजावीका लागि ९० हजार पाँच सय ६५ रुपैयाँ तोकेको छ । आइतबार छापावाल सुन ९० हजार ६  सय र तेजावी सुन ९० हजार तीन सय रुपैयाँमा कारोबार भएको छ । आइतबारको तुलनामा सोमबार चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेर ९५० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस