नेपालमा काेराेना संक्रमितकाे संख्या १० हजार नाग्याे

काठमाडौं, ९ असार ।

नेपालमा थप ५ सय ३८ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमित हुनेहरुको संख्या १० हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ५ सय ३८ जना संक्रमित थपिएका हुन् । योसंगै नेपालमा संक्रमितको कुल संख्या १० हजार ९९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस