बाँकेमा कार दुर्घटना हुँदा दुई जनाको मृत्यु

बाँके, ०९ असार ।

बाँकेमा कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । राप्ती सोनारी गाउँपालिका वडा नं. १ अगैया मा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएकाे हाे ।

पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको बा १२ च २७८९ नम्बरको कार मंगलबार दुर्घटना हुँदा चालक चितवनको भरतपुर महानगरपालिका वडा नं. १२ निवासी ४१ बर्षीय कमलनाथ लम्लास र सोही जीपमा सवार पूर्वी नवलपरासीको कावासोतिका २२ बर्षीय क्षितिजराज कुँवरको मृत्यु भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

तिब्र गतिका कारण कार दुर्घटनामा परेको ईप्रका कोहलपुरका प्रहरी नायब उपरीक्षक कुलदिप चन्दले बताए ।

प्रतिक्रिया दिनुहोस