मालपोत कार्यालयमा स्लो इन्टरनेटका कारण सेवाग्राही मर्कामा

सल्यान,१० असार।दैनिक जसो कामकाजको भीडभाड हुने मालपोत कार्यालयमा इन्टरनेट स्लो भएपछि सेवा ग्राहीले सास्ति भोगेको गुणासो व्यक्त गरेका छन।देश बन्दाबन्दी भए सँगै मर्कामा परेका सेवा ग्राही बन्दाबन्दी खुकुलो भए पछि जग्गा किनबेच, नामसारी ,रोक्का लगायतका काम गर्न दैनिक जसो मालपोत कार्यालय सल्यानमा आउने गरेको र आफूलाई काम गर्न मन भए पनि इन्टरनेट स्लो हुदा गाह्यो भएको केहि कर्मचारीले बताए।त्यस्तै गाडी नचल्ने र चलेपनि भनेको बेला नपाइने भएकोले चौध किलोमीटर हिडेर लान्तिबाट सदरमुकाम खलंगामा रहेको मालपोत कार्यालयमा एघार बजे आएको र दुई बजे सम्म पनि इन्टरनेट स्लो भएको कारण नै आफ्नो काम ढीला भएको एक सेवा ग्राही पूर्ण बहादुर खड्काले बताए।बिहान यस्तो सास्ति भोगेर आएको हूँ, यस्तो हो भने साँझ गाडी पनि पाइदैन र घर पुग्दा सात, आठ बज्न सक्ने डर मनमा लागेको उनको दुखेसो थियो।आफ्नो काम जग्गा पास गर्ने र इन्टरनेटमा इन्ट्री पनि गर्नुपर्ने भएको ले ढीला भएको उनको गुनासो थियो।त्यस्तै डेली न्यूज़ बैंक सँग कुरा गर्दै आर्का एक जना कालीमाटी बाट आएका सेवा ग्राही गोपीलाल के.सी.जग्गा बिक्री गर्ने मान्छे हिजो नै आएको र आफु आज जग्गा पास गर्न भनी बिहान प्रति व्यक्ति पाँच सयका दरले भाडा तिरेर आएकोले इण्टरनेट स्लो हुदा झण्डै दुई ढाई घण्टा आफ्नो काम ढीलो भएको बताए। उनी अघि थाप्दै “साँझ पनि कोरोना डर का कारण होटेलमा बस्ने किसमको वातावरण नहुने र घर सम्म जान ढीला हुनेहुदा दुःख हुन सक्ने” उनको भनाई थियो।अली बढी भीडभाड हुने ठाउँ अन्तर्गतको सरकारी कार्यालय आजभोलि त यस्तो हुन्छ,यदि तुलनात्मक रुपमा सेवा ग्राही थप्पिदै गए काममा बिलम्ब त हुन्छ नै भीडभडका कारण कोरोना संक्रमण समेत फैलन सक्नेमा दुइमत छैन। केहि समय अघिदेखि अनलाइन मार्फत हुनेगरेको काम छिटो त हुन्छ नै इन्टरनेट स्लो हुदा सेवा ग्राहिलाइ परेको मर्कालाइ पनि सम्बन्धित निकाएले तदारुक्ताका साथ ध्यान दिए सबैको लागी हितकर हुने देखिन्छ।

प्रतिक्रिया दिनुहोस