नेपालमा थप ५ सय ९३ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ११७५५ पुग्याे

काठमाडौं,१२ असार  ।

शुक्रबार नेपालमा ५ सय ९३ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुगेको छ ।

मन्त्रालयका अनुसार सबैभन्दा धेरै पाल्पामा ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै, दाङका ७५ जना, रौतहटका ५६, डोटीका ४६, कञ्चनपुरका ४२, कैलालीका ३१, बाजुराका २७, बैतडी र गुल्मीका २५/२५ जना, नवलपुरका २३, कपिलवस्तुका २१, प्युठानका २०, धनुषाका १५, चितवन र सुर्खेतका १२/१२ र सुनसरीका १० जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै, बझाङका ९ जना, सिराहा, गोरखा, सिन्धुली, रुपन्देही र लमजुङका ६/६ जना, दैलेखका ५, झापा र महोत्तरीका ४/४ जना, काठमाडौं, अर्घाखाँची, दार्चुला, सल्यान र जुम्लाका ३/३ जना, मोरङ, बारा, कास्की, तनहुँ र जाजरकोटका २/२ जनाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।

अछाम, सल्यान, नुवाकोट, बाग्लुङ, स्याङ्जा, नवलपरासी र मुगुका एक/एक जनामा संक्रमण देखिएको छ ।

आज मात्रै थप ४८ जना संक्रमितहरु डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा २ हजार ६ सय ९८ निको भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस