दाङमा मृत्यु भएकी एक महिलामा काेराेना पुष्टि ,महिलाकाे अझै सनाखत हुन सकेन

तुलसीपुर,१२असार ।

दाङमा उपचारको क्रममा मृत्यु भएका महिलाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुक्रबार परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो ।

प्रतिष्ठानका कायममुकायम रजिष्ट्रार कैलास प्रसाद देवका अनुसार घोराही उपमहानगरपालिका वडा नं. १५ गुम्राह चोकमा बुधबार भेटिएकी अन्दाजी ३५ बर्षीय महिलाको उपचारको क्रममा मृत्यु भएको थियो ।

गम्भीर विरामी भएको अबस्थामा भेटिएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको थियो । उनलाई जनप्रतिनिधि र प्रहरीको सक्रियतामा उद्दार गरि अस्पाताल लगिएको थियो । उनको सनाखत भने अझै हुन सकेको छैन् ।

प्रतिक्रिया दिनुहोस