नेपालमा थप ४६३ जनामा काेराेना पुष्टि, संक्रमितकाे संख्या १२७७२ पुग्याे

काठमाण्डाैँ, १४ असार ।

नेपालमा थप ४ सय ६३ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ४ सय ६३ जना संक्रमित थपिएका हुन् ।

योसंगै नेपालमा संक्रमितको कुल संख्या १२ हजार ७ सय ७२ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस