मोटरसाईकलले साईकललाई ठक्कर दिदाँ एक बालकको मृत्यु

कैलाली, १६ असार ।

कैलालीमा मोटरसाईकलले साईकललाई ठक्कर दिदाँ एक बालकको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बर्दगोरीया गाउँपालिका वडा नम्वर १ मा पश्चिमबाट पूर्वतर्फ जादै गरेको भे ६ प २५२० नम्वरको मोटरसाईकलले र सोही दिशा तर्फ गईरहेको साईकललाई ठक्कर दिदा साईकलमा सवार बर्दगोरीया गाउँपालिका वडा नम्वर २ का ३० बर्षीय रमेश परियारका ५ बर्षीय छोरा हिमान्शु परियारको मृत्यु भएको हो ।

मोटरसाईकलको दुर्घटनावाट गम्भिर घाईते भएका परियारको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

दुर्घटनामा परि अन्य तिन जना घाईत भएका छन् । घाईत हुनेहरुमा मृतक बालकका बुवा रमेश परियार , मोटरसाईकल चालक घोडाघोडी नगरपालिका वडा नम्वर ८ का २५ बर्षीय सुरेश चौधरी र मोटरसाईकलमा सवार बर्दगोरीया गाउँपालिका वडा नम्वर ३ का २६ बर्षीय जयदेव चौधरी रहेका छन् । उनीहरु सबैको कोहलपुर मेडिकल कलेजमा उपचार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस