तुलसीपुर,१७ असार ।
सामाजिक कार्यमा अग्रसर तुलसीपुरका युवा युवतीहरुकाे ग्रुप युथ अफ तुलसीपुरले कार्यसमिती चयन गरेकाे छ । तुलसीपुरमा अाज बसेकाे युथ अफ तुलसीपुरकाे बैठकले ७ जनाकाे कार्यसमिती चयन गरेकाे हाे ।
बैठकले अध्यक्षमा बसन्त गिरी, उपाध्यक्षमा निशा मगर, सचिवमा सन्ताेष भण्डारी चरी, सह सचिवमा बिमला थापा, काेषाध्यक्षमा प्रभाष श्रेष्ठ, सदस्यमा प्रिया लामिछाने र सराेज भारतीलाई चयन गरेकाे छ।
तुलसीपुरमा रहेर युथ अफ तुलसीपुर टिमले काेराेना भाईरसकाे प्रकाेप नियन्त्रण र राेकथामका लागि याेगदान दिदै अाईरहेकाे छ । छाेटाे समयमा निकै लाेकप्रियता कमाएकाे यस टिमले युवा पुस्तालाई समेटदै निकट भबिष्यमा पनि समाजिक कार्यमा अग्रसर रहने युथ अफ तुलसीपुर सचिव सन्ताेष भण्डारी चरीले बताए ।