फेसबुकमा भिडियो लाइभ गरेर एक युवतीले गरिन आत्महत्या

तुलसीपुर,१८ असार ।

दाङकाे तुलसीपुरमा एक युवतीले सामाजिक सञ्जाल फेसबुकमा भिडियो लाइभ गरेर आत्महत्या गरेकी छिन । तुलसीपुर उपमहानगरपालिका–५ रानीजरुवा बस्दै आएकी अन्दाजी २३ वर्षकी एलिसा गौतमले बुधबार मध्यरातमा फेसबुक लाइभ गरेर आत्महत्या गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी शिव बहादुर सिंहले जानकारी दिएका छन ।

उनका बुवा आमा भारतमा काम गर्न गएकाले उनी कोठामा एक्लै बस्ने गरेकी थिईन । मृतक युवतीको शव पोष्टमार्टमका लागि राप्ती प्रादेशीक अस्पतालमा राखिएकाे र घटनाबारे थप अनुसन्धान भैरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस