नेपालमा थप २३२ जनामा काेराेना पुष्टि, संक्रमितकाे कुल संख्या १५४९१ पुग्याे

काठमाण्डाैँ, २० असार।

नेपालमा पछिल्लो २४ घण्टामा थप २३२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ४ हजार ५० नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार अछामका ३७ र सप्तरीका ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै सिराहाका २१, पाल्पाका १९, सर्लाहीका १६, धनुषाका १५, सिन्धुपाल्चोकका १२, गुल्मीका ९, नवलपुर ७ र प्युठान, मोरङ, कञ्चनपुर र चितवनका ६/६ जनाको रिपोर्ट पनि पोजेटिभ आाएको छ ।

बाँके र झापाका ५/५ जना, रुपन्देही र नवलपरासीका ४/४ जना, बाग्लुङ, म्यादी, डडेलधुरा र डोटीका ३/३ जना, प्युठान र रोल्पाका २/२ जना तथा दैलेख, इलाम, स्याङजा र तनहुँका एकएक जनामा पनि संक्रमण पुष्टि भएको छ ।

यससँगै कुल संक्रमितको सख्ंया १५ हजार ४९१ पुगेको छ । उनीहरुमध्ये ३४ जनाको मृत्यु भएको छ भने ६ हजार ४१५ जना डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा विभिन्न अस्पताल तथा आइसोलेसेन सन्टरबाट २७२ जना डिस्चार्ज भएका हुन् ।

प्रतिक्रिया दिनुहोस