बझाङमा पहिरोमा पुरिएका ६ जनाको शब फेला,१ जना अझै बेपत्ता

बझाङ ,२० असार ।

बझाङकाे केदारस्युँ गाउँपालिका-८, मल्लेसीमा गएको पहिरोमा पुरिएर ६ जनाको मृत्यु भएको छ । प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले ६ जनfको शव निकालिसकेको छ भने अर्का एकको खोजी भइरहेको बताए ।

उनका अनुसार गएराति बर्षा संगै गाउँ माथिबाट खसेको पहिरोले मल्लेसीका १८ घरमा क्षति पुर्‍याएको थियो । पहिरो खस्न थालेपछि केहीले भने भागेर ज्यान जोगाएका छन् ।

अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासी उद्धारमा खटिएका छन् ।नेपाली सेनाको हेलिकप्टरबाट सदरमुकामसम्म शब ल्याउने तयारी गरिरहेको प्रजिअ भण्डारीले बताए । सदरमुकाम चैनपुरबाट करिब ५ घण्टाको पैदल दुरीमा घटनास्थल रहेको छ ।

प्रतिक्रिया दिनुहोस