दलित तथा गैह्रदलित राष्ट्रिय संजालको प्रदेश नं ५ प्रमुखमा दाेर्ण आचार्य

दाङ, २० असार ।

दलित तथा गैह्रदलित राष्ट्रिय संजालको प्रदेश नं ५ को संगठन बिस्तार एवं सदस्यता बृद्धिका लागि युवा व्यवसायी, समाजसेवी एंवम संचारकर्मी दाेर्ण आचार्यलाई चयन गरीएको छ ।

जातीय समतामूलक समाज निर्माणका लागि दशकौं देखी कृयासील आचार्य विभिन्न संघ संस्थाहरुमा क्रियासली हुनुहुन्छ । जातीय विभेद अन्त्यका लागि गठित दलित तथा गैह्र दलित राष्ट्रिय संजालका केन्द्रिय अध्यक्ष बिष्णुकुमार देवकोटा शर्मा उपाध्याय ले आचार्यलाई प्रदेश नं ५को संगठन बिभाग प्रमुखमा नियुक्त गर्नुभएको हो ।

नवनियुक्त आचार्यलाई प्रदेश नं ५ भित्र संस्थाको बिस्तार, जिल्ला समिति बिस्तार एवं सदस्यता बृद्धि अधियानको जिम्मेवारी प्रदान गरीएको संजालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस