कक्षा ११ को नतिजा आन्तरिक मूल्यांकनका आधारमा प्रकाशन गरिने

काठमाण्डाैँ, २१ असार ।

पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले कक्षा ११ को बोर्ड परीक्षा नगर्ने निर्णय गरेको छ । कोरोना भाइरसको जोखिमलाई मध्यनगर गर्दै परिषद्ले कक्षा ११ को बोर्ड परीक्षा नगर्ने आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्ने निर्णय गरेको हो । पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले विद्यालयले गरेको आन्तरिक परीक्षाका आधारमा विद्यार्थीलाई प्रमाणपत्र दिन निर्णय गरेको हो ।

यसअघि कक्षा ११ को परीक्षा सञ्चालन गर्दे आएको बाृर्डलाई विद्यार्थीको आन्तरिक मूल्याङ्कन के कसरी गर्ने भन्ने विषयमा कार्यविधि बनाउन जिम्मेवारी दिइएको छ ।बोर्डले कार्यविधि बनाएपछि सम्बन्धित विद्यालयले विद्यार्थीलाई अंक प्रदान गर्नेछन् ।

यसअघि, कक्षा १० मा अर्थात एसईई पनि आन्तरिक मूल्याङ्कनको आधारमा विद्यालयले अंक दिने, शिक्षा विकास तथा समन्वय इकाईले सिफारिस गर्ने र बोर्डले प्रमाणित गरी प्रमाणपत्र दिने व्यवस्था गरिएको छ । कोरोना संक्रमणका कारण बोर्डले लिने परीक्षा यसपटकलाई रद्ध गर्ने निर्णय गरिएको हो ।कक्षा १२ को विषयमा भने अहिलेसम्म कुनै पनि निर्णय भएको छैन ।

प्रतिक्रिया दिनुहोस