नेपालमा थप १८० जनामा काेराेना पुष्टि, संक्रमितकाे कुल संख्या १५,९६४ पुग्याे

काठमाण्डाैँ, २२ असार ।

सोमबार नेपालमा थप १८० जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या १५ हजार ९६४ पुगेको छ ।

मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा २४ जना कोरोना संक्रमित थपिएका छन् । यस्तै ललितपुरका २० जना, लमजुङका ११, भक्तपुरका १०, सप्तरी, कैलाली, र कास्कीका ८÷८ जना, गोरखाका ७, बाग्लुङ, सर्लाही र रौतहटका ६÷६ जना, सिन्धुपाल्चोक, नवलपरासी, मकवानपुर, डडेलधुरा र

झापाका ५/५ जनामा पनि संक्रमण पुष्टि भएको छ ।

प्युठान र काभ्रेका ४/४ जना, ओखलढुंगा, खोटाङ, चितवन र पाल्पाका ३/३ जना, सिराहा, सुनसरी, दोलखा, सिन्धुली र दाङका २/२ जना तथा नुवाकोट, चितवन, बारा, जाजरकोट, जुम्ला, धादिङ, नवलपुर, संखुवासभा, ताप्लेजुङ, अर्घाखाँची र उदयपुरका एकएक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना  संक्रमणबाट निको भई घर फर्किनेको संख्या २६४ रहेको छ । डिस्चार्ज हुनेको कुल संख्या ६ हजार ८११ पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस