कोरोना मुक्त भए नेपालका ५ जिल्ला

काठमाण्डाैँ, २४ असार ।

कोरोना भाइरस कोभिड १९ बाट संक्रमितको संख्या दिनानुदिन घट्दै जाँदा निको भएर डिस्चार्ज हुनेहरुको संख्या पनि हरेक दिन उत्साहजनक रुपमा थपिदो छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ३ सय ५३ निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या ७ हजार ७ सय ५२ पुगेको छ । यसैबीच ७७ वटै जिल्लामा संक्रमण फैलिएकोमा हिजो मंगलबार चार जिल्ला कोरोना मुक्त बन्दा बुधबार थप एक जिल्ला पनि थपिएको छ ।

मन्त्रालयका अनुसार मंगलबार प्रदेश १का तेह्रथुम, भोजपुर र सोलुखुम्बु र कर्णाली प्रदेशको हुम्ला कोरोना मुक्त बनेका थिए ।यसैगरी बुधबार थप एक हिमाली जिल्ला मुस्ताङ पनि थपिएको छ । यो संगै कोरोना मुक्त जिल्लाको संख्या ५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस