कैलालीमा हजुरआमाको हत्या अभियोगमा १ जना पक्राउ

कैलाली, २५ असार ।

कैलालीमा आफ्नै हजुरआमाको हत्या अभियोगमा १ जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।पक्राउ पर्नेमा  जिल्ला कैलाली चुरे गाउँपालीका वडा नम्बर ६ भावर बस्ने बर्ष २३ को गणेश बहादुर ऐर रहेकाे प्रहरीले जनाएकाे छ ।

ऐरले आफ्नै हजुरआमा  ७५बर्षीय पार्वती देवी ऐरलाई २३ गते हत्या गरेको गरेका थिए ।  प्रहरीले उनलाई २४ गते बिहान ०८:४० बजेको समयमा पक्राउ गरेकाे हाे ।

ऐरले २०७७।०३।२३ गते दिउसो अन्दाजी १५:०० बहेको समयमा घरमा कोही नभएको मौका छोपी  आफ्नै हजुरआमालाई फलामको रडले घाटीमा प्रहार गरी घाईते बनाई घरको पश्चिम पट्टी रहेको अरहरको बारीमा लगी धारिलो हतियार (दाउ) ले घाटीमा प्रहार गरी हत्या गरेकाे प्रारम्भिक अनुसन्धानबाट खुलेकाे र घटनाकाे थप अनुसन्धान भैरहेकाे जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस