नेपालमा थप १०८ जनामा काेराेना पुष्टि,संक्रमितकाे संख्या १६,५३१ पुग्याे

काठमाण्डाैँ, २५ असार ।

बिहीबार नेपालमा थप १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ५३१ पुगेको छ ।

प्रवक्ता डा. जागेश्वर गौतमले ४ हजार ५ सय ८८ वटा पीसीआर परीक्षणमा १०८ जनामा संक्रमण देखिएको हो । नेपालमा कोरोना संक्रमणबाट ३५ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस