मैले पैसा भन्दा पनि धर्म कमाउन खोजेको हो;मोहन भण्डारी

दाङ,२७ असार ।नेपाली ईतिहासमा गाईको महत्व अत्याधीक छ,धार्मिक कार्यमा होओस या अन्य कार्यमा गाईलाई भगवानको रुपमा लिइएको हुन्छ ।अझ नेपालमा त झन गाईलाइ राष्ट्रिय जनावरको रुपमा सम्मान गरेको पाईन्छ ।तर पछिल्लो समय गाईलाई त्यति महत्व दिइएको पाइदैन ।कतिपय ठाउँमा गाईलाइ मारेको र गाईको उचित किसिमको स्याहारसुसार र संसक्षण नभएको समाचार सुनीसक्नु भएकैहोला ।तर दाङ स्थीत एक सहकारीले त्सको ठिक सकारात्मक कार्य गरेर नमुना योग्य काम गरेको छ ।तुल्सीपुरमा रहेको तुल्सी गौ संरक्षण सहकारी संस्थाले यस्तो काम गरेको हो ।आफुले पन्ध्र वर्ष सम्म कार्यरत बैंकिङ सेक्टर छोडेर सामाजिक कार्यमा जुटेको र यस्तो पवित्र कार्यमा हातेमालो गर्नेहरुले आफुलाइ राम्रो साथ दिएको संस्थाका अध्यक्ष मोहन भण्डारीले जनाकारी दिनुभयो ।

पछिल्लो पुस्ताले यस विषयमा खासै चासो नदेखाएको र यी पशुपंक्षिले न्यायपुर्ण तरीकाले व्यबहार नपाएकोमा,धेरै जनावरहरुले मानिसबाट पिटिनु पर्नै भएकोले सहकारी मर्फत यो कार्यमा जुटेको उहाँले बताउनु भयो ।मनिसले पनि पशु पा्रणीको पिडा बुझेर हेरचहा गरे मात्र मानव धर्मको अस्तित्व रहने र आत्मसन्तुष्टि मिल्ने उहाँले बताउनु भयो ।

 

आफु सहित यस संस्थाका अन्य सदस्यले पनि राम्रो संग साथ दिएको उहाँको भनाई थियो। झण्डै चार सय गाईलाई संरक्षण गरकोमा केहि गाई सुत्केरी भएपछि सदस्यकै घरमा लगेर स्याहार गर्ने र दुध बेचेर आएको रकमको केहि प्रतिशत सस्था सञ्चालनका लागी जम्मा गर्ने गरेको भण्डारीले बताउनु भयो।अहिले सम्म संस्थाले करीब चार बिगाह जग्गा भाडामा लिएर गाई संरक्षण गरेपनि केहि समय पछि भने आफ्नै जग्गामा लगेर राखिने एक जना सदस्य कुलराज बस्नेतले जानकारी दिनुभयो ।सहकारी र उपमहानगरपालीकाले गरेर ६ बिघाह जग्गा समेत खरीद गरीसकेको छ । त्यसैले, गाईको हरेक क्षेत्रमा महत्व हुन्छ र बुढेसकाल लागेपछि व्यवारीसे अबस्थामा छोड्नाले जथाभाबि फोहोर त हुन्छ नै बजार क्षेत्रमा समेत दुर्घटना को जोखिम बढि हुने देखिन्छ,यसकारण यस्तो पवित्र कार्यमा सम्बधित निकाएले पनि उचित किसिमले ध्यान दिनुपर्छ र सहयोगका हातहरु फैलाउनु पर्छ ।

प्रतिक्रिया दिनुहोस