दाङ, २८ असार ।
दाङकाे तुलसीपुरमा खाेलाले बगाएर एक जनाकाे मृत्यु भएकाेे छ । मृत्यु हुनेमा तुलसीपुर १२ कचिला निवासी ६५ बर्षीय कालिचरण चाैधरी रहेकाे प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रहरी बरिष्ठ उपरिक्षक राजकुमार बैदवारले जानकारी दिए ।
शुक्रवार खेतमा राेपाई गर्न भनि गएका चाैधरी घर फर्कने क्रममा खाेलाले बगाएर बेपत्ता भएका थिए । उनकाे शव आइतबार तुलसीपुर ११ बबई खाेलामा फेला परेकाे हाे ।