दलित तथा गैह्र दलित राष्ट्रिय संजाल दाङको संयोजकमा शर्मा

दाङ, ३० असार ।

जातिय विभेद एवं छुवाछुत ब्यवहारतः मुक्त समतामुलक समाज निर्माणका लागि गठित महा अभियान दलित तथा गैह्र दलित राष्ट्रिय संजाल दाङको संयोजकमा शरद् शर्मा चयन हुनुभएको छ ।

कुशल संगठक, स्पष्ट वक्ता एवं कर्मठ युवाको छबि बनाउनुभएका शर्मालाई संजालका केन्द्रिय अध्यक्ष बिष्णुकुमार देवकोटा शर्मा उपाध्यायले दाङ जिल्लामा दलित तथा गैह्र दलित समुदायका अभियन्ताहरुलाई समेटेर जिल्ला समिति निर्माणको कार्यभार पुरागर्नका लागि संयोजकमा चयन गर्नुभएको हो ।

देशै भरी ७७ जिल्लाहरुमा महा अभियान दलित तथा गैह्र दलित राष्ट्रिय संजालको जिल्ला कार्यसमितिहरु गठन गर्नै अभिप्रायले जिल्ला संयोजकहरु तेक्दै जाने संजालले निती लिएको देवकोटाले बताउनुभयो ।

“देशै भरी संयोजकहरु तोकिने छन्” देवकोटाले भन्नु भयो । कानुनतः देश जातिय विभेद एवं छुवाछुत मुक्त भईसकेको भएतापनि व्यवहारतः अझैपनि छुवाछुत एवं जातिय विभेद काय रहेको भन्दै संजाल गठन गरी अभियान संचालन गरीएको संजालका प्रवक्ता सन्तोष कुमार गुप्ताले दावी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस