दाङमा ज्यान मार्ने धम्की दिदै चन्दा असुल्न खाेज्ने २ जना पक्राउ

दाङ, ३१ असार ।

दाङमा ज्यान मार्ने धम्की दिदै चन्दा असुल्न खाेज्ने २ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा बबई गाउँपालीका वडा नं. ५ निवासी बर्ष १९ को केवल भन्ने कृष्ण वली र ऐ. निवासी बर्ष २८ को भाष्कर वलीलाई प्रहरीले पक्राउ गरेकाे हाे ।  

उनीहरुले गौतम ट्रेडर्स एण्ड सप्लायर्सका संचालक  बबई गाँउपालीका वडा नम्बर ५ हापुरे बस्ने बर्ष २६ को ललीत गौतमका वुवा निमाकान्त गौतमलाई फोन गरी माग वमोजिमको रकम दिन र नदिए मारीदिने भनि पटक पटक धम्की दिदै अाईरहेका थिए । 

गौतमकाे घरमा २४ गते विहान घरको मुल ढोका अगाडी बिप्लव पार्टीको नामबाट रू ८,६५,०००।- (आठ लाख पैसठ्ठी हजार) तिन दिन भित्र वुझाई सक्नु पर्ने छ भन्ने समेत व्यहोराको पत्र लेखी छोडेको अवस्थामा फेला परेकाे थियाे । पटक पटक फोन गरी बिभिन्न प्रकारका धम्की दिदै आएकोमा आफु र परीवारको सुरक्षाको लागी उक्त कुरा वाहिर नल्याई आफै समाधानको लागी पिडीतले वार्गेनिङ गर्दै आएकोमा रु ५०,०००।- (पचास हजार) दिन समेत तयार भएका थिए गौतम ।

बिषेश गोप्य सुचनाका अाधारमा जिल्ला प्रहरी कार्यालय दाङ तथा ईलाका प्रहरी कार्यालयबाट टोली खटी गई अनुसन्धान गर्ने क्रममा मिति २९ गते साेमवार घटनामा संलग्न दुबै जनालाई सेतो रङको नोकिया कम्पनीको सादा मोवाईल सेट र अपराधमा प्रयोग गरिएको सिम सहित पक्राउ गरी सम्मानित जिल्ला अदालत घोराही दाङबाट म्यादथप गरी मुलुकी फौजदारी अपराध संहिता २०७४ को परिच्छेद २१ को दफा २५३ (अपराधिक लाभ) अन्तर्गत अनुसन्धान भई रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएकाे छ । 

प्रतिक्रिया दिनुहोस