नेपालमा थप ११६ जनामा कोरोना पुष्टि, संक्रमितकाे कुल संख्या १७,१७७ पुग्याे

काठमाण्डाैँ, ३१ असार ।

नेपालमा ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमितको संख्या १७ हजार १७७ पुगेको छ ।

बुधबार ६९७ जना डिस्चार्ज  भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ११ हजार २५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस