बिश्वभर काेराेनाका कारण मृत्यु हुने नेपालीकाे संख्या दुई सय पुग्याे

काठमाण्डाै, ०४ श्रावण ।

कोरोना भाइरस संक्रमणको महामारीका कारण विदेशमा यो साता थप १६ जना नेपालीको निधन भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जनाएको छ ।

यससँगै विश्वभर कोरोनाबाट मृत्यु हुने नेपालीहरुको संख्या दुई सय पुगेको छ ।गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार यो साता कतारमा ८ जना, कुवेतमा ३ जना, युएईमा ५ जनाको मृत्यु भएको छ ।

समितिका अनुसार २० देशमा रहेका नेपालीहरु पूर्णरुपमा कोरोना मुक्त भएका छन् । संघका अनुसार जम्मा कोराेना संक्रमितमध्ये ९३ प्रतिशत नेपालीहरु कोरोना संक्रमणबाट मुक्त भएका छन् । अफ्रिकी मुलुकमा कोरोना भाइरसबाट संक्रमित नेपालीमध्ये सबैजना कोरोना भाइरसबाट मुक्त भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस