कपुरकाेट गाँउपालिकाकाे सरकारी माेटसाईकल चाेरी

दाङ, ०४ श्रावण ।

दाङमा सेताे नम्बर प्लेटकाे सरकारी माेटरसाईकल चाेरी भएकाे छ । चाेरी भएकाे माेटरसाईकल सल्यानकाे कपुरकाेट गाँउपालिकाकाे रहेकाे प्रहरीले जनाएकाे छ ।

बबई गाँउपालिका वडा नं ३ घर भई सल्यानकाे कपुरकाेट गाँउपालिका कार्यालयमा कार्यरत्त प्राबिधिक बुद्धिराज पाैडेेलले प्रयाेग गर्ने रा१ब ५५० नम्बरकाे १५० सिसिकाे पल्सर माेटरसाईकल पाैडेेलकाे घरमा पार्किङ गरि राखेकाे अवस्थामा चाेरी भएकाे प्रदेश प्रहरी कार्यालय दाङका प्रहरी उपरिक्षक राजकुमार बैदवारलेे जानकारी दिनुभयाे ।

माेटरसाईकल खाेजी कार्य जारी रहेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस