सल्यान, ०५ श्रावण ।
सल्यान जिल्लाका बिभिन्न ठाँउबाट प्रहरीले माक्स नलगाई घर बाहिर हिड्ने ४१८ जनालाई कारवाही गरेकाे छ । उनीहरुलाई प्रहरीले रु१०० का दरले जरिवाना रकम समेत भराई अव उप्रान्त माक्स लगाउने सर्तमा छाडेकाे छ ।
लकडाउन खुकुलाे भएपश्चात माक्स नलगाई घर बाहिर निस्कने जाे काेहिलाई पनि कारवाहीकाे दायरामा ल्याउन भनि गृह मन्त्रालयले निर्देशन गरेकाे थियाे । साे अनुरुप जिल्ला प्रहरी कार्यालयले साेमवार मात्रै सल्यानकाे श्रीनगरमा ४२ जना, लुहाममा ५ जना, कपुरकाेटमा २ जना र खलंगामा २४ जनालाई कारवाही गरेकाे छ ।
असार २७ गते बाट सुरु गरिएकाे अभियानमा श्रावण ५ गते सम्म ४१८ जनाबाट रु ४१,८००।-राजश्व संकल्न भएकाे जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएकाे छ ।