दाङमा बजार ५ बजे पछि पनि खाेल्ने काेराेना संकट ब्यवस्थापन समितीकाे निर्णय

दाङ, ०६ श्रावण ।

दाङमा अव ५ बजे पछि पनि बजार ब्यवसाय खुल्ने भएकाे छ । काेराेना राेकथाम तथा नियन्त्रणका लागि भन्दै दाङका बिभिन्न बजारहरु ५ बजे पछि बन्द गरिदै अाएकाे थियाे । काेराेना संकट ब्यवस्थापन समितीले साेमवार निर्धारण गरिएकाे समय हटाउने निर्णय गरेकाे हाे ।

अब सामान्य रुपमा पसलहरु खाेलिने समितीका संयाेजक एवंम प्रमुख जिल्ला अघिकारी गाेविन्द प्रशाद रिजालले जानकारी दिनभयाे ।

प्रतिक्रिया दिनुहोस