हापुरेका मेडिकल सञ्चालक(अहेव) लागुऔषध कारोवारको आशंकामा पक्राउ

दाङ,११ श्रावण ।

दाङमा प्रहरीले लागुऔषध कारोवारको आशंकामा एक जना मेडिकल संचालकलाई नियन्त्रणमा लिएको छ ।पक्राउ पर्नेमा बबई गाउँपालिका ५ हापुरेमा रहेको प्रतिक्षा मेडिकलका सञ्चालक ५४ बर्षीय कुसुमराम केसी (अहेव) रहेकाे ५ नम्बर प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले जनाएको छ ।

मोलासिड नामक औषधी अबैद्य रुपमा विक्री गरिरहेको भन्ने विशेष सुचनाका आधारमा ईलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख प्रहरी निरिक्षक मोहन बिक्रम केसीको नेतृत्वमा गएको प्रहरी टोलीले केसीलाई नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं एसएसपी राजकुमार बैदवारले जानकारी दिए ।

प्रहरीले मेडिकलमा खानतलासी गर्दा १ सय ११ वटा ५ सय एमजीको ट्रमाजोल ट्याब्लेट बरामद गरेको जनाएको छ । घटनाको बारेमा ईप्रका तुलसीपुरबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस