सल्यानमा अदालतबाट फैसला भई फरार रहेका ७ जना पक्राउ

सल्यान, १२ श्रावण ।

सल्यानमा अदालतबाट फैसला भई फरार रहेका ७ जना पक्राउ परेका छन । प्रकाउ पर्नेमा सवारी ज्यान मुद्दाकाे टेक बहादुर गिरी, कर्तब्य ज्यान मुद्दाकाे शेर बहादुर बस्नेत, जवरजस्ती करणी मुद्दाकाे हिरालाल भन्ने लाल बहादुर शाहु, सार्वजनिक मुद्दाकाे राम बहादुर बुढाथाेकी , जारी मुद्दाकी सुनिता बुढा, लुटपिट मुद्दाकाे हाेम बहादुर बुढा र सम्बन्ध बिच्छेद मुद्दाका रेखा बुढा रहेकाे जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएकाे छ ।

सातै जनालाई पक्राउ गरी अावश्यक कारवाहीका लागि जिल्ला अदालत सल्यानमा उपस्थित गराईएकाे छ । सल्यान प्रहरीले अहिले धमाधमा फरार अभियुत्तहरुलाई पक्राउ गर्न सफल भएकाे छ ।

प्रतिक्रिया दिनुहोस