घरकाे तिन तलाबाट खसेर बालककाे मृत्यु

दाङ, १४ श्रावण ।

दाङकाे तुलसीपुरमा घरकाे छतबाट खसेर एक तिन बर्षिय बालककाे मृत्यु भएकाे छ । तुलसीपुर उपमहानगरपालिका-०५ स्थित ख लाईनमा काेठा भाडामा बस्दै आएका रथिक मियाका ३ बर्षीय छाेरा रियाज मियाकाे घरकाे ३ तलाबाट खसेर मृत्यु भएकाे ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएकाे छ ।

मंगलबार ३ बर्षीय बालक घरकाे छतमा खेल्दै गर्दा छतबाट खसेर गम्भिर घाईते भएका थिए । उनकाे राप्ति प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएकाे हाे ।

 

प्रतिक्रिया दिनुहोस