बंगलाचुलीमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु

दाङ, १४ श्रावण ।

दाङको बंगलाचुली गाउँपालिकामा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ ।बंगलाचुली गाउँपालिकाको वडा नं. ५ साकिनेमा देवीराम नेपालीको घर पुरिँदा २४ वर्षीया बाटुली नेपाली र उनको दुई वर्षीया छोरी आयुस्माको मृत्यु भएको भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रबत्ता डीएसपी सुमित खड्काले जानकारी दिए ।

बुधबार बिहानपख तीन बजेतिर आएको पहिरोमा उनीहरु पुरिएका थिए ।

प्रतिक्रिया दिनुहोस